राजनीति

सूर्य थापाले भीम रावल र घनश्याम भुसाललाई भने : गद्दारी र सत्यनाश पतनको बाटोमा

इकागज |
बैशाख २९, २०७८ २१:३४ बजे

काठमाडौँ  :  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले नेताहरु भीम रावल र घनश्याम भुसालमाथि कटाक्ष गरेका छन् । रावल र भुसालले फेसबुक तथा ट्वीटरमा दिएको प्रक्रियाको स्कृनसर्ट राखेर थापाले उनीहरु पतनमा बाटोमा गएको टिप्पणी गरेका हुन् । 

‘कोही सिद्धान्त घोकेर, कोही सिद्धान्त बेचेर । दुबैथरि गद्दारी र सत्यनाश यसरी पतनको बाटोमा एक साथ’ थापाले ट्वीटरमा लेखेका छन् । भुसालले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेको तर, आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा भनेर लेखेका थिए । उनको यो भनाइ सांसद पदबाट राजीनामा दिने विषयमा संकेत गरेको पनि बताइएको छ । 

उता रावलले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आवश्यक रहेको बताएका थिए । ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ रावलले लेखेका छन् । 



Author

थप समाचार