राजनीति

तपाईं ह्याण्डसम देखिनुभएछ भनेपछि प्रधानमन्त्रीले भने–यो प्रशंसा हो कि व्यंग्य ?

इकागज |
जेठ ४, २०८० बिहीबार १४:२२ बजे

काठमाडौं– सांसद रघु जी पन्तले संसदका गरिने प्रश्नोत्तर पहिल्यै आउट गरेको प्रति ध्यानाकर्षण गरेका छन् ।प्रत्येक महिनाको पहिला हप्ता सोध्न पाइने अधिकार पाँच महिनापछि पाएको भन्दै सदनमा प्रश्न राख्नुभन्दा अगाडि मिडियामा आएको उनले बताए ।

‘प्रश्न कसले आउट गरेको हो । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने विशेषाधिकार सांसदलाई मात्रै हो ।’ उनले भने, ‘जनता दुब्लाएर गएका छन् । आर्थिक मन्दी छ । जनताबारे सोध्न मन थियो आज पाइयो ।’


प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा पन्तले प्रचण्ड ह्याण्डसम र खाइलाग्दो देखिएको बताउँदै जनता पनि यस्तै हुनुपर्ने बताए ।
उत्तरमा प्रचण्डले भने– ‘यो प्रशंसा हो कि व्यंग्य हो । तपाईंको देख्ने आँखालाई पनि धन्यवाद ।’

‘प्रत्यक्ष रुपले सांसदले सोध्ने प्रश्न पहिल्यै मिडियामा कसरी आयो । उत्तर चाँहि आएको रहेनछ । नत्र सदन बस्नुपर्ने थिएन ।’ पन्तको उत्तर दिदैं प्रधानमन्त्रीले भने ।
 


Author

थप समाचार
x