राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: ३० जना विरुद्ध मुद्दा दर्ता, दोषी ठहरिए  १५ वर्ष माथि कैद हुने (अभियोगपत्रको पूर्णपाठ)

अतिन आचार्य |
जेठ १०, २०८० बुधबार १६:५० बजे

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरुमाथि मुद्दा दर्ता गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्नेहरुमाथि मुद्दा दर्ता गरेको हो ।

कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले ३० जनामाथि मुद्दा दर्ता गरेको इकागजलाई बताए ।


संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध, किर्ते, एकीकृत कसूरमा मुद्दा दर्ता गरिएको हो । अनुसन्धानबाट दोषी ठहरिए १५ वर्षभन्दा माथि कैद सजाय हुने उनले बताए ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, खाणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसीलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । जसमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x