राजनीति

ढाकाकुमारले भने-सांसद बन्न रकम बुझाएको छैन, भ्रामक समाचारप्रति कानुनी कारबाहीमा जान्छु

इकागज |
जेठ १२, २०८० शुक्रबार ८:४९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा बुझाएको भन्ने समाचारबारे आफ्नो प्रष्टीकरण दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारको खण्डनसमेत गरेका हुन् ।

सञ्चारमाध्यममा आएका समाचारहरु कपोकल्पित भएको उनले प्रष्टीकरण दिएका छन् । विज्ञप्तिमार्फत उनले तीन करोड बुझाएको भन्ने समाचार आधारहिन भएको उनले स्पष्ट पारेका छन् । भ्रामक र तथ्यहिन समाचार सम्प्रेषित गरे आफू कानुनी प्रक्रियामासमेत जाने उनले उल्लेख छन् ।


उनले समाचारमा उल्लेख भएको पार्टीलाई सांसद बन्न ३ करोड बुझाएको भन्ने आफूले कतै नबोलेको र आफूलाई नसोधी समाचार लेखेको दाबी गरेका छन् ।

उनले लेखेका छन्– ‘२०८०-०२-१० गते केही अनलाईन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु ।’


 


Author

थप समाचार
x