राजनीति

गणतन्त्र दिवसमा टोपबहादुर बुढासहित १९ जनालाई आम माफी

इकागज |
जेठ १४, २०८० आइतबार १८:३३ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिएका छन् । साथै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आममाफी र कैद मिनाहापछि उनीहरू भाेलि (सोमबार) छुट्ने छन् । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।


 


Author

थप समाचार
x