राजनीति

गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीको कैद माफी

इकागज |
जेठ १४, २०८० आइतबार १८:४३ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेका छन् । 

आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् ।


यसमा रेशम चौधरीसमेत समावेश गरिएका छन् । आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । 

मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागू हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कूल ४८२ को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो ।


Author

थप समाचार
x