राजनीति

आर्थिक चुनौतीलाई सामना गर्ने गरी आगामी आर्थिक वर्षको बजेट केन्द्रित : अर्थमन्त्री

इकागज |
जेठ १५, २०८० सोमवार १६:४९ बजे

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा देखिएको आर्थिक चुनौतीलाई सामना गर्ने गरी आगामी आर्थिक वर्षको बजेट केन्द्रित रहेको बताएका छन् ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्नका लागि बजेट केन्द्रित रहेको बताए । उनले मुलुकको आर्थिक अवस्थालाई सहज अवस्थामा ल्याउनका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा राखे ।


मन्त्री महतले आगामी बजेटको कार्यान्वयनमा विशेष जोड दिने र यसका लागि नियमित अनुगमन गर्ने जानकारी दिए । उनले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २ दशमलव  १६ प्रतिशतले आर्थिक वृद्धि हुने, चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको जानकारी दिए ।


Author

थप समाचार
x