राजनीति

राप्रपाको महाधिवेशन स्थगित

इकागज |
जेठ १, २०७८ शनिबार १५:८ बजे

काठमाडौँ : कोभिड-१९ महामारी भयावह भएको भन्दै राप्रपाले जेठ २२-२५ सम्म काठमाडौंमा गर्ने भनेको महाधिवेशन स्थगित गरेको छ । राप्रपाका त्रय अध्यक्षसहितको बैठकले पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । 

महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्ने निर्णय बैठकले गरेको छ । बैठकले संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ । 


संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि सरकारसँग माग गरेको बै७कपछि जारी विज्ञप्तिमा उल्लेख छ । 


Author

थप समाचार
x