राजनीति

कार्यकारिणी समिति बैठक डाकिएको छैन : ठाकुर

इकागज |
जेठ १, २०७८ शनिवार १५:५४ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीको कार्यकारिणी समिति बैठकबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । अध्यक्ष ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै ठाकुरले बैठक नडाकिएको स्पष्ट पारेका हुन् । 

'जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै पनि बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ,' ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि विपक्षी नेपाली कांग्रेस र माओवादीलाई समर्थन गर्ने भन्‍नेमा विवाद छ । 

पार्टीको अध्यक्ष उपेन्द्र यादव समूहका कार्यकारिणी समितिका सदस्यहरू अहिले पार्टी कार्यालय बालकुमारीमा छलफल गरिरहेका छन् । 


Author

थप समाचार
x