राजनीति

सामाजिक संघ, संस्थाहरूले निःस्वार्थ सेवाभावका साथ काम गर्नु पर्दछ : सभामुख घिमिरे

इकागज |
जेठ २०, २०८० शनिबार १७:१५ बजे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःस्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ, संस्थाहरूलाई आग्रह गरेका छन् । सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसाबले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ, संस्थाहरूको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

फोकस नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भौतिक रूपमा नेपाल गरिवीको चपेटामा रहेको भए पनि भाषा, कला र संस्कृतिको हिसाबले समुन्नत रहेको पनि स्मरण गराए । समाज सेवालाई महान कार्यका रूपमा उल्लेख गर्दै सभामुख घिमिरेले त्यसको माध्यमबाट समाजलाई माथि उठाउन सकिने बताए ।


सभामुख घिमिरेले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अघि लैजानु आवश्यक रहेको पनि बताए । उनले भौगोलिक हिसाबले पनि नेपाल समुन्नत रहेको उल्लेख गर्दै त्यसको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिए ।


Author

थप समाचार
x