राजनीति

सुर्खेतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध अनेरास्ववियुको प्रदर्शन

इकागज |
जेठ २०, २०८० शनिबार २०:५ बजे

सुर्खेत- नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सुर्खेतले विरोध जनाएको छ । नागरिकता विधेयक खारेजीको माग गर्दै अनेरास्ववियु मध्यपश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पसको अगुवाइमा अनेरास्ववियु सुर्खेत बहुमुखी क्यामपस र अनेरास्ववियु सुर्खेतले राँके जुलुसको आयोजना गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले  विधेयक प्रमाणीकरण गरेको भन्दै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । राष्ट्रको हित विपरीतको नागरिकता विधेयक अघि सारेको र प्रमाणीकरण गरेको भन्दै राँके जुलुस निकालेका हुन् ।


वीरेन्द्रनगर बजारमा राँके जुलुस सहितको र्‍यालीले नागरिकता विधेयक खारेज गर्न माग गरेको अनेरास्ववियुका निकुञ्ज पाण्डेले जानकारी दिए । उनका अनुसार विरोध प्रदर्शनका क्रममा राष्ट्रको हित विपरीत विधेयक ल्याइएको विरोधमा कार्यक्रमहरू गरिएको बताए ।


Author

थप समाचार
x