राजनीति

भारत भ्रमण सफल र परिणामुखी रह्यो : प्रधानमन्त्री दाहाल

इकागज |
जेठ २०, २०८० शनिवार १९:३१ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताएका छन् । भारतको चार दिने औपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ सो दाबी गरेका हुन् ।

प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसि लाभका आधारमा थप मजबुत बताउन पनि आफ्नो भारत भ्रमणले महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले विगतमा थाती रहेका विषयहरूलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग खुलस्त कुराकानी भएको पनि बताए ।


उनले भने, ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसि लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ । भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग खुलस्त रूपमा कुराकानी भई विश्वासको वातावरण सृजना भएको छ भने थाती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ । नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रूपमा यो भ्रमण परिणाममुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरेको छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण भविष्यका लागि पनि मार्गदर्शनका रूपमा रहने जिकिर समेत गरे ।


Author

थप समाचार
x