राजनीति

बनेपामा युलेन्स स्कुलको ७ सय रोपनी जग्गा अहिले बाँदर र दुम्सीको ठाउँ भएको छ : बास्कोटा

इकागज |
जेठ २४, २०८० बुधबार ११:५१ बजे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले काभ्रेकाे बनेपामा युलेन्स स्कुलले भाडामा लिएको जमिन प्रयोगमा नआउँदा अहिले त्यो बाँदर र दुम्सीका लागि ठाउँ भएको बताएका छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त स्कुलले लिएको करिब ७ सय रोपनी जग्गा प्रयोगमा नआउँदा त्यहाँ बाँदर र दुम्सीको ठाउँ भएको र त्यसले किसानलाई पीडा दिएको बताए । 


‘बनेपामा युलेन्स स्कुल भन्नेले झन्डै ७ सय रोपनी जग्गा लिएर अहिले बाँदर र दुम्सीको ठाउँ बनाइदिएको छ, स्कुल नबनाएर,’ उनले भने, ‘त्यसबाट किसानहरू पीडित छन् ।’

संसदमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल गरिने कार्यसूची छ । 
 


Author

थप समाचार
x