कोभिड-१९ संक्रमणबाट एमालेका पूर्वसांसद यादवकाे मृत्यु
जनकपुरधाम : कोभिड-१९ संक्रमणबाट नेकपा एमालेका पूर्वसांसद एवं पाेलिटब्यूराे सदस्य याेगनारायण यादव मृत्यु भएकाे छ । धनुषाका सह–इन्चार्जसमेत रहेका धनुषाको सबैला नगरपालिका निवासी ५७ वर्षिय नेता यादवकाे उपचारकाे क्रममा काठमाणडौँस्थित मेडिसिटी होस्पिटलमा मृत्यु भएकाे जनाइएकाे हो ।
मृगौला प्रत्यारोपणका भर्ना भएका नेता यादवकाे कोरोना संक्रमणका कारण उनको मृगौला प्रत्यारोपण हुन नसक्दै बिहीबार बिहान मृत्यु हुन गएकाे नेकपा धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले बताएका छन् । मेडिसिटी हाेस्पीटलमा उनकाे गत ४ दिनदेखि मृगैला सम्बन्धि उपचार हुँदै आएकाे थियाे र उपचारकै क्रममा नेता यादवमा संक्रमण पुष्टि भएकाे कुरा इन्चार्ज मण्डलले बताए । उनको शवलाई नेपाली सेनाले हस्पिटलबाट लगेर दाहसंस्कार गर्ने बारे छलफल भइरहेको एमालेका धनुषाका अध्यक्ष राजकिशोर यादवले बताएका छन् ।
केपी ओली निकट मानिएका नेता यादव २०५६ सालमा धनुषा-२ बाट सांसदमा निर्वाचित भएका थिए भने २०६३ मा गठित अन्तरिम व्यवस्थापिका संसदकाे रूपमा धनुषा २बाटै एमाले काेटामा सदस्यमा चयन भएकाे थियाे । नेता यादवकाे परिवारमा दुई श्रीमती र दुई छोरा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया