स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छ : अर्थमन्त्री महत
काठमाडाैँ– अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘इनोभेसन नलेज’ लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको बताएका छन् ।
बिहीबार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हो । उनले स्टार्टअप उद्यममार्फत नेपालमा सफ्टवेयर उत्पादन गर्नेहरूलाई राज्यले बजेटमार्फत एक किसिमको अनुदानको व्यवस्था गरेको बताए ।
अर्थमन्त्री महतले कोभिड–१९ पछि नेपाली युवाहरू टेक्नोलोजीको क्षेत्रमा नयाँ टेक्नोलोजी उत्पादन गरेको बताए । उनले युवाहरूसँग सीप तथा क्षमता हुने बताउँदै उद्यमी बनाउन स्टार्टअप फण्डको व्यवस्था समेत सरकारले गरेको जानकारी गराए ।
अर्थमन्त्री महतले युवा उद्यमीहरूले टेक्नोलोजी क्षेत्रमा लगानीका लागि सहयोग खोजेको भन्दै सफ्टवेयरहरू उत्पादन गर्नेहरूलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको जिकिर गरे। उनले सरकारले स्टार्टअप उद्यमीहरूले गरेको आम्दानीमा ५० प्रतिशत कर छुट गरेको पनि बताए ।
अर्थमन्त्री महतले अन्य क्षेत्रहरू भन्दा अहिले टेक्नोलोजी क्षेत्रमा अवसर राम्रो रहेको बताए । उनले सरकारले ‘इनोभेसन नलेज’ लाई व्यवसायका रूपमा लैजानका लागि लगानी गरी उद्यम गर्नेहरूलाई कम्पनी दर्तामा समेत छुटको व्यवस्था गरिएको जानकारी गराए ।
साथै, उनले सरकारले चालू आर्थिक वर्षको बजेटमा नेपालमा जसले सफ्टवेयर उत्पादनलाई एक किसिमले प्रोत्साहन गर्ने नीति लिएको र आगामी दिनमा नेपालमा टेक्नोलोजी क्षेत्र राम्रो हुँदै जाने विश्वास समेत व्यक्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया