राजनीति

मंगलबारको मन्त्रिपरिषद् बैठकले शिक्षा ऐनलाई संसदमा पठाउँछ : मन्त्री राई

इकागज |
साउन १४, २०८० आइतबार १७:५४ बजे

काठमाडौँ- शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री अशोककुमार राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसदमा पठाउने बताएका छन् ।

आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री राईले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताएका हुन् । उनले सो ऐनले माध्यमिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको उल्लेख गरे ।


त्यस्तै शिक्षण पेसालाई सम्मानजनक र गुणात्मक बनाउने गरी आएको पनि उल्लेख गरे । उनले ऐनले संविधानको व्यवस्था अनुरूपको निःशुल्क र अनिवार्य शिक्षालाई कार्यान्वयनको सुनिश्चितताका लागि प्रयास गरेको पनि बताए ।

मन्त्री राईले अब आफ्नो प्राथमिकता उच्च शिक्षा सम्बन्धी छाता ऐन ल्याउनु भएको बताए । त्यसको निम्ति आफू प्रयासरत रहने उनको भनाइ छ ।


Author

थप समाचार
x