'अब डोकोमा खानेपानी बोकेर खानुपर्दैन'
फाइल फोटो
काठमाडौँ - खानेपानी मन्त्री महिन्द्र राय यादवले कर्णाली प्रदेश लगायतका क्षेत्रमा खानेपानी डोकोमा बोकेर ल्याउनुपर्ने अवस्थाको वर्तमान सरकारले अन्त्य गर्ने बताएका छन् ।
आइतबार खानेपानी मन्त्रालयले खानेपानीका वर्तमान समस्या र समाधान विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले विज्ञान र प्रविधिको युगमा पनि मानिसहरुले डोकोमा पानी बोकेर खानुपर्ने बाध्यतालाई सरकारले अन्त्य गर्न प्राथमिकताका साथ काम गर्ने बताए ।
उनले डोकोमा पानी बोकेर खानेपानी खानुपर्ने अवस्था अत्यन्तै पीडादायी रहेको भन्दै बजेटको व्यवस्था गरेर त्यस्तो ठाउँमा सहजीकरण गर्ने बताए । उनले फलामको मात्रा बढी भएको पानी उत्पादन अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले फलामको मात्रा बढी भएको पानी उत्पादन अन्त्य गर्नको लागि तीनै तहका सरकारले हण्डपाइप वितरण कार्य रोक्नुपर्ने बताए ।
उनले भने, ‘सरकारको प्राथमिकता नै मुलुकभरका विद्यालयमा खानेपानी पु¥याउने हो । विद्यालय क्षेत्र सबै भन्दा संवेदनशिल हो । दोस्रो क्षेत्र भनेको आसनिक पानी (फलामको मात्र बढी भएको) कम गर्नु हो । फलामको मात्रा बढी भएको पानीलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने हो । त्यो पानी न्युनिकरण गर्नको मन्त्रालयले वितरण गर्ने हेण्डपाइप बन्द गरेका छौं । यो गर्न हुँदैन । तीनै तहका सरकारले हेण्डपाइप वितरणको काम गर्नु हुँदैन । आसनिक पानी न्युनिकरण गर्ने भने पनि हामी उत्पादन गरिरहेको भन्दै त्यो प्राणघातक हो । हेण्डपाइप वितरण तीन वटै सरकारले गर्न सकेन भने फलामको मात्रा बढी हुने पानी बन्द हुँदैन । कर्णाली लगायत मुलुकका अन्य क्षेत्रमा डोकामा पानी बोक्नुपर्ने बाध्यता छ । त्यो पिडादायि कुरा हो । यो अमानविय काम हो । सरकारले बजेटको व्यवस्था गर्छ । डोकोमा पानी बोल्नुपर्ने बाध्यताको अन्त्य गर्नु सरकारको प्राथमिकतामा पर्छ । अहिलेको जमानमा पनि डोकोमा पानी बोक्नुपर्ने अवस्थालाई मुक्त गर्नुपर्छ ।’
मन्त्री यादवले सरकारको प्राथमिकता मुलुकभरका विद्यालयमा खानेपानी पु¥याउने रहेको बताए । उनले चालु आर्थिक वर्षमा खानेपानी नपुगेका विद्यालयमहरुमा खानेपानी पु¥याएरै छोड्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया