सुन प्रकरण छानबिन गर्न उच्च स्तरीय समिति गठन नगरिएसम्म एमालेले संसद् चल्न नदिने
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न नदिने भएको छ । सरकारले सुन प्रकरण छानबिन गर्न उच्च स्तरीय समिति गठन नगरेको भन्दै एमालेले संसद् अवरुद्ध गर्ने भएको हो ।
एमालेका सांसद सूर्य थापाले एमाले आफ्ना मागप्रति अडिग रहेको बताए । ‘हामीले स्पष्ट रुपमा सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गरौँ भनेका छौँ । तर, सरकारले यसबारे कुनै चासो देखाएको छैन,’ उनले भने, ‘हामी अडानमा अडिग छौँ ।’
संसद् अवरोध हटाउने विषयमा सहमति निकाल्न सोमबार बिहान एमाले अध्यक्ष र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । तर, बैठकबाट कुनै निष्कर्ष निस्कन सकेन ।
एमालेले सुन प्रकरणमा छानबिन गर्न उच्च स्तरीय समिति बनाउन माग राखिरहेको छ । एमालेले साउन १० गते पनि यसै विषयलाई लिएर संसद् अवरोध गरेको थियो ।
प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर, सत्तापक्ष र प्रमुख प्रतिपक्षी एमालेबीच कुरा नमिलेकाले बैठक अझै सुरु हुन सकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया