अनियमिततामा संलग्न सबै दोषीलाई कारबाही हुन्छ : मन्त्री गुरुङ
फाइल तस्बिर
काठमाडौँ- शहरी विकासमन्त्री सीता गुरुङले अनियमितता गर्ने सबै दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताएकी छिन् । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले सरकारले काम गरेकै कारण सुन तस्करहरू पक्राउ परेको भन्दै सुन तस्करी प्रकरणमा संलग्न सबैलाई कारबाही हुने दाबी गरिन् । उनले दोषी अनुसन्धानको घेरामा आउने भन्दै तीब्र गतिमा अनुसन्धान अघि बढ्ने बताइन् ।
उनले भनिन्, ‘सरकारले काम नगरेको भए त पक्राउ नै पर्ने थिएनन् नि । दोषीहरूलाई कारबाही हुन्छ । अनुसन्धान तीब्र गतिमा अघि बढ्छ । जो दोषी हुन्छ, अनुसन्धानका लागि लगिहाल्छ ।’
मन्त्री गुरुङले सरकारले काम गरेकै कारण दोषीहरू धमाधम पक्राउ परेको उल्लेख गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया