संवैधानिक परिषदले अर्को बैठकबाट भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने
काठमाडौँ- संवैधानिक परिषदले अर्को बैठकबाट मात्रै भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकमा प्रधानन्यायाधीश लगायत अन्य संवैधानिक निकायका रिक्त पदहरूका विषयमा छलफल भएको र अर्को बैठकले निर्णय गर्ने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । बैठकमा प्रधानन्यायाधीश सिफारिस गर्ने व्यक्तिको नाममा समेत छलफल नभएको उनले बताए । उनले अर्को बैठकले सबै नियुक्ति सिफारिसमा एकमुस्ट निर्णय गरिने बताए ।
संवैधानिक परिषदको अर्को बैठक साउन १८ गते पाँच बजे बस्ने तिमिल्सिनाले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया