वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने भरपर्दो माध्यम बनाइने
काठमाडौँ- वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने भरपर्दो माध्यम बनाइने बताएका छन् ।
राउन्ड टेबल नेपालले एक लाख विरुवा रोपेको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री महतोले नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्याउने गरी काम गर्नुपर्ने बताएका हुन् ।
उनले सरकारका तीनै तहका निकाय र सरोकारवालाबीच समन्वय भएर वन जोगाउने र देशको समृद्धिमा यसको योगदान बढाउन भूमिका निर्वाह गरिने जिकिर गरे ।
मन्त्री महतोले वृक्षारोपण गर्नुमात्रै ठूलो कुरा नभएर यसको संरक्षण गर्नुपर्ने सबैको दायित्व हुने उल्लेख गरे ।
मन्त्री महतोले अहिले नेपालमा विदेशबाट ठूलो मात्रामा काठ आयात भैरहेको तर स्वदेशमै भएका काठमहरू कुहिएर जानु दुःखको विषय भएको धारणा राखे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया