सुन तस्करीमा दोषी भए पार्टीका नेतामाथि कारबाही हुन्छ–अग्नि सापकोटा
काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारवाही हुने स्पष्ट पारेका छन्।
पार्टी प्रचारप्रसार विभागको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुराउनका लागि प्रधानमन्त्री प्रतिवद्ध रहेको भन्दै तथ्य र प्रमाणले पुष्टि भएको पार्टीकै नेतामाथि छानविन र कारवाही हुने स्पष्ट पारेका हुन् ।
निर्दोष नफस्ने र दोषी कोही पनि नउम्कने गरि ठिक ढंगले अनुसन्धान गर्नका लागि सरकारले सुन तस्करी प्रकरणको छानविनको जिम्मेवारी सिआइवीलाई दिइएको उनले बताए । सापकोटाले सुन प्रकरण, ललिता निवास प्रकरणलगायतको अनुसन्धानलाई जनताले पनि हेरिरहेकाले तलमाथि गर्न नमिल्ने धारणा राखे ।
केन्द्रीय समिति बैठकमा सबैै सदस्यहरुले सुन तस्करी प्रकरणमा सरकारलाई सघाउने दृढता जनाएको उनको भनाइ छ । त्यस्तै प्रवक्ता सापकोटाले समाजवादी मोर्चाको गतिविधि केही सुस्त भएपनि मोर्चाको लक्ष्यका साथ अघि बढ्ने दावी गरे ।
उनले लगातार सदन अवरुद्ध हुँदा स्तर खस्किदै गएपनि यसलाई सहज रुपमा अघि बढाउनका लागि सत्तापक्ष प्रतिवद्ध रहेको धारणा राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया