राजनीति

एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

इकागज |
साउन २६, २०८० शुक्रबार १२:३४ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको अवरोधपछि शुक्रबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समितिको माग गर्दै उभिएर बैठकमा विरोध जनाएपछि शुक्रबारको बैठक स्थगित भएको हो ।

दलीय आधारमा सबै पार्टीले बोलिसकेपछि एमालेका सांसदहरूले उभिएर विरोध जनाए । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बस्न अनुरोध गरे पनि उनीहरूले मानेनन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले आजका लागि तय भएको सबै कार्यसूची स्थगित गरी बैठक स्थगित भएको जानकारी गराए । राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गते बुधबार बस्ने भएको छ । 


एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समितिको माग गर्दै दुई सातादेखि संघीय सदनअन्तर्गतका दुवै सदन अवरुद्ध पार्दै आएको छ ।


Author

थप समाचार
x