राजनीति

शिक्षा ऐन नक्कली पाएपछि सच्याएर सदनमा पेस गर्दैछौँ : प्रधानमन्त्री

इकागज |
साउन २६, २०८० शुक्रबार १५:३४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले नक्कली शिक्षा ऐन मन्त्रिपरिषदमा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसदमा पेस गर्न तयारी गरिरहेको जिकिर गरे ।


प्रधानमन्त्री दाहालले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्न सरकार लागिपरेको बताए । उनले नयाँ संकल्पसहित नयाँ प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेको बताए ।

प्रधानमन्त्री दाहालले नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको बताए ।


Author

थप समाचार
x