राजनीति

कानुनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार

इकागज |
साउन २६, २०८० शुक्रबार २१:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । 

बिहीबार बिहान एक्कासि रक्तचाप घटेपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको हो ।


मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मुटुको चाप तल/माथि भइरहेकाले ‘हल्टर मोनिटर’ लगाएर ‘अब्जर्वेशन’ भइरहेको जानकारी दिए । मन्त्री गुरुङलाई हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरहेको छ । रासस


Author

थप समाचार
x