राजनीति

जलवायु परिवर्तनले निम्त्याएको असरप्रति प्रधानमन्त्री चिन्तित

इकागज |
साउन २७, २०८० शनिबार १४:३ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनले निम्त्याएको असरप्रति चिन्ता व्यक्त गरेका छन् ।​ शनिबार काठमाडौँमा भएको २४ औं अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री  दाहालले विश्वव्यापी रूपमा रहेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र कार्बनडाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक रहेको बताए । अत्यधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवातको परिणाम विश्वभर नै देखिन थालेको भन्दै उनले दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बनडाइअक्साइड, मिथेन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी रहेको उल्लेख गरे ।


उनले बाढी पहिरो र मानवीय त्रुटीको करण हुने दुर्घटनाबाट नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले युवाहरूमा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालित गर्दै समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताए ।


Author

थप समाचार
x