माधव नेपालमाथि अदालतकाे आदेश संशयपूर्ण छ : मन्त्री भुसाल
महोत्तरी- नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई अदालतले छानबिनका लागि दिएको आदेश नै संशयपूर्ण भएको बताएका छन् ।
अदालतले नहुने विषयमा आदेश दिएको बताउँदै कृषि तथा पशुपन्क्षी मन्त्री समेत रहेका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वाभाविक हो कि होइन ? भन्ने विषयमा समेत प्रश्न उठेको बताए ।
`न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरूले अदालतको आदेश अस्वाभाविक भएको बताइरहेका बेला हामीले त्यसलाई संशयका रूपमा लिएका छौं,´ मन्त्री भुसालले भने । यद्यपि छानबिनलाई आफ्नो पार्टीले सदैव सहयोग गर्ने उनकाे भनाइ छ ।
अध्यक्ष माधव नेपाललाई अदालतले छानबिन गर्न आदेश दिइरहेका बेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको बताए । अध्यक्ष नेपाल पूर्वनिर्धारित कार्यक्रम अनुसार नै विदेश गएको बताउदै भाग्यो या भगायो भन्नू प्रतिशोधपूर्ण भावना भएको जिकिर गरे ।
ग्रामीण अधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया