राजनीति

देश बनाउन युवा जुट्नुपर्छ : मन्त्री लिम्बू

इकागज |
साउन २७, २०८० शनिबार १६:४ बजे

फाइल फोटो

काठमाडौँ - युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश बनाउन युवा जुट्नुपर्ने बताएका छन् । २४औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले देश बनाउने संकल्पका साथ युवा अगाडि बढ्नुपर्ने बताए । 

“सबै मिलेर काम गर्ने हो भने देश बनाउन धेरै समय लाग्दैन”, मन्त्री लिम्बूले भने । देशलाई समृद्ध बनाउन युवा अगाडि बढ्नुपर्ने मन्त्री लिम्बूको भनाइ छ । “जुन रुपमा हामी अगाडि बढेका छौँ । युवालाई चित्त बुझेको छैन । युवाले खोजेको कुरा प्राप्त भएको छैन । नीति परिमार्जन गरेर युवालाई अवसर दिन चाहन्छ्”, उनले भने । युवालाई उद्यमशील बनाउनका लागि यो वर्षलाई सरकारले युवा उद्यमशिलता वर्ष मनाउन थालेको मन्त्री लिम्बूले जानकारी दिए । युवाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा अग्रसर भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । 


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले युवा जनशक्ति देशको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै युवालाई नेपालमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य र रोजगार युवा केन्द्रीत गर्न सके देशको विकास हुने बताए । 

रासस


Author

थप समाचार
x