सरकारको स्थिरतामा शंका गर्नुपर्दैन : उपप्रधानमन्त्री खड्का
काठमाडौँ- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गरेका छन् । शनिबार आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
मन्त्री खड्काले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गरे । उनले व्यापार, व्यवसायमा रहेका समस्याहरूको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको पनि बताए । उनले नागरिक र देशलाई केन्द्रविन्दुमा राखेर सरकारले काम गरिरहेको भन्दै आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको जिकिर गरे ।
उपप्रधानमन्त्री खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए ।
उपप्रधानमन्त्री खड्काले राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवसायीहरूका केही हदसम्मका समस्याहरू समाधान गरेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया