राजनीति

युवामा देशमा केही हुँदैन भन्ने नैराश्यता छायो : मन्त्री लिम्बू

इकागज |
साउन २७, २०८० शनिबार १९:० बजे

फाइल तस्बिर

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवाहरूमा देशमा केही हुँदैन भन्ने नैराश्यता छाएको बताएका छन् ।

२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री लिम्बूले अहिले नेपाली युवाहरूमा देशमा केही हुँदैन र केही छैन भन्ने नकारात्मक विचार लिएर सबै विदेश जान थालेको बताएका हुन् । उनले युवाहरूलाई आफ्नै देशमा बसेर श्रम शक्ति खर्च गरी देश बनाउनतर्फ नेतृत्वदायी भूमिका निभाउन आग्रह गरे ।


मन्त्री लिम्बूले सरकारले सुशासन दिन खोजेको भन्दै युवाहरू राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा आएर नेतृत्व गर्नुपर्ने समय आइसकेको बताए । उनले नेपाली युवासँग सीप, क्षमतासँगै इच्छाशक्ति हुनुपर्ने धारणा पनि राखे ।

उनले युवाहरूलाई रोजगारी दिलाउने कार्यक्रम ल्याउन सरकार तल्लीन रहेको बताए । युवाहरूले मुलुक हाँक्न र देशलाई समृद्धिको दिशातर्फ लैजानका निमित्त तयारीका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । मन्त्री लिम्बूले सरकारले युवा नीति परिमार्जन गरेर अधिकतम युवाहरूलाई अवसर दिन चाहेको बताए । उनले युवा नीति राम्रो बने परिणाम पनि राम्रो आउने भन्दै युवाहरू मिलेर देशलाई अघि बढाउनुपर्ने बताए ।

मन्त्री लिम्बूले देश विकास निर्माणमा युवाको नेतृत्वदायी भूमिका रहने बताए ।

 


Author

थप समाचार
x