सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति नबनाएसम्म एमालेले निरन्तर दबाब दिने
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नभएसम्म निरन्तर दबाबका कार्यक्रमहरु सञ्चालन गर्ने स्पष्ट पारेको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले सुन तस्करी प्रकरणमा न्यायिक छानविन गठन गर्न नमान्ने सरकारको अडानले सरकार र सत्ताधारी नेतृत्वको संलनताको आशंकालाई थप पुष्टि गर्ने काम गरेको भन्दै माग पूरा नभएसम्म निरन्तर दवावका कार्यक्रम सञ्चालन गर्ने स्पष्ट अडान रहेको जनाएको हो । सत्ताकै संरक्षण रहेको प्रकरण भएको भन्दै यस्ता घटना बारम्बार दोहरिरहेको अवस्थामा यसको गहिराईमा पुगेर छानविन गर्न अनिवार्य भइसकेको एमालेले जनाएको छ ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माथिल्लो तहको संलग्नता विना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी जारी रहेको भन्दै न्यायिक छानविन बनाउनुपर्ने जिकिर गर्नुभयो । उनले सुन तस्करीका विषयमा संसदमा आवाज उठाउँदा सत्तापक्षले रोक्न खोजेको तर सदन अवरुद्धको दोष एमालेमाथि थोपर्न खाजेको बताए । २३४ पटक कुनै गिरोहसम्म निरन्तर संवाद गर्नेमाथि सरकारले सोधपुछसम्म गर्न नसकेको उनले आरोप लगाए ।
ओलीले भ्रष्ट सरकारको नेतृत्व प्रचण्डले गरेको भन्दै अफ्ठ्यारो मानेर आफैंले राजीनामा दिनुपर्ने उल्लेख गरे । त्यस्तै उनले गृहमन्त्रीले पनि राजीनामा नगरेर सदनको रोष्टममा बोल्न जानु अनौठो रहेको बताए ।
ओलीले सुन तस्करीको हल्ला चलाएर सरकारमा जाने एमालेको कुनै मनसाय नरहेको बताए । एमालेलाई सरकारमा जान कुनै रुची नरहेको र देशको अर्थतन्त्र र जनताको दैनिकीमा चासो रहेको धारणा राखे । त्यस्तै उनले निर्माण व्यवसायीको समस्या सरकारले नसुनेको भन्दै छिटो भन्दा छिटो वार्तामा बोलाएर समस्या समाधान गर्न सुझाव दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया