राजनीति

राप्रपा नेपाल लुम्बिनी प्रदेश इन्चार्जमा तिमल्सिना

इकागज |
साउन ३१, २०८० बुधबार १८:२५ बजे

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उत्तम तिमल्सिना (रुपन्देही) लाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश कार्य समिति खारेज गर्ने निर्णय गरेपछि तत्काल समन्वयको निमित्त प्रदेशहरूमा इन्चार्जको जिम्मेवारी तोकिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।


यसैगरी आज नै युवा समाजसेवी दिनेश कुमार शाह (अछाम) लाई अध्यक्ष थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी भदाै ७ र ८ गते काठमाडौंमा बोलाइएको छ ।


Author

थप समाचार
x