बजेटमा मधेससँग विभेद गरिएकाे छैन : अर्थमन्त्री महत
जनकपुरधाम। मधेसकाे बजेटमा कुनै किसिमकाे विभेद नगरिएकाे दाबी अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन् ।
सिराहामा आयाेजना हुने कार्यक्रममा सहभागिताका लागि गइरहेकाे बेला जनकपुरधाममा आयाेजित पत्रकार सम्मेलनमा मुलुकको अर्थतन्त्रमा परेकाे असरले विकास बजेट कम भएकाे स्वीकार गर्दै विभेद नगरिएकाे भने ।
मन्त्री डा महतले आर्थिक श्रोतहरु उपलब्ध र प्रयाप्त नजुटेकाले नै मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताए ।आर्थिक स्रोत पर्याप्तताको अभावमा यसपालि सबैका लागि चित बुझ्दो बजेट हुन नसकेको स्वीकार गरेका उनले विभेदको रुपमा नलिन आग्रह गरेका छन् । मधेसलाई बजेटमा विभेद गरियाे भन्ने सरकारविरूद्ध जनतालाई भ्रममा पार्न राजनीतिक हल्ला फैलाइएकाे उनकाे भनाइ छ ।
अर्थमन्त्री महतले सरकारको पहिलो प्राथमिकता नै पारदर्शिता, सुशासन र आर्थिक प्रगति रहेको बताए । उनले विगतमा कोरोना भाईरसको संक्रमणले विश्वमा आर्थिक क्षेत्रमा आएको तरलताका कारण समस्या देखिएको बताउदै हुँदै विस्तारै यसमा साकारात्मक सुधार आईरहेको बताए ।
उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्ने ठोस प्रतिबद्धता सरकारसँग रहेको बताए । उनले अर्थतन्त्रमा समस्याहरुका चाङहरु रहेको स्वीकार गर्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गरे ।अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबैले धैर्यता गर्न आवश्यकता पर्ने बताए । उनले देशको आर्थिक आवश्यक्ता धेरै रहेको र क्षमता थोरै रहेकाले समेत यसै बिचमा आर्थिक विकास हासिल गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।
मन्त्री महतले नेकपा एमालेको अनावश्यक हठका कारणले संसद अवरोध भईरहेको बताउनु हुँदै एमालेको संसद अवरोधले धेरै विधेयकहरु सरकारले संसदमा प्रवेश गराउन नसकेको बताए । उनले सुनकाण्डमा सरकार छानविन गरिरहेको बताउदै यसको नाउमा अनावश्यक बखेडा झिक्न नहुने बताए ।
संघीयता, संघीय कानुन, संसद र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धी बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेकाले बखेडा छोडेर प्रक्रियामा आउन एमालेलाई आग्रह गरेका छन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया