सरकारको संलग्नताबिना विमानस्थलबाट सय किलो सुन बाहिरिन सक्दैन : अर्जुननरसिंह केसी
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोबिना विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिन नसक्ने बताएका छन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको मिलेमतोबिना बाहिरिन नसक्ने जिकिर गरे । उनले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए ।
केसीले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताए ।
उनले भने, ‘एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एअरपोर्ट सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्विन्टल सुन एअरपोर्टबाट कसरी बाहिर निस्किन्छ ? त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ ।’
नेता केसीले संसद् बन्धक राख्ने कुरा प्रमुख प्रतिपक्षको स्वभावका रूपमा परिणत हुँदै गएको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया