माओवादी संसद् विरोधी पार्टी हो, कांग्रेस कम्युनिष्टको पुच्छर बनेको छ : सांसद सिंह
फाइल तस्बिर
काठमाडौँ- प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन् । बिहीबार सिंहदरबारमा सञ्चराकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । उनले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार उत्तरदायी नभएको पुष्टि हुने बताए । उनले सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने शंका उब्जिएको बताए ।
सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाए । अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरूले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए । उनले कांग्रेस अहिले कम्युनिष्टहरूको पुच्छर भएको टिप्पणी गरे । उनले नेकपा (माओवादी केन्द्र) सुरुदेखि नै संसद् विरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको बताए ।
सांसद सिंहले कम्युनिष्टहरूलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया