राजनीति

नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छ : वामदेव गौतम

इकागज |
साउन ३२, २०८० बिहीबार १७:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नु आवश्यक रहेको बताएका हुन् ।

उनले नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै भू–सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने जिकिर गरे । अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले जथाभावी जमिनमा खनजोत गर्नु नहुने भन्दै जति धेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गरे ।


गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भू–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने पनि बताए । उनले नेपालमा उत्पादन भएका कृषि उपजको सही तरिकाले प्रयोग गर्न सके आत्मनिर्भर भइने बताए । नेपालमा उत्पादित खाद्यान्नको सही तरिकाले उत्पादन गर्न नसक्दा देश बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको बताए ।

 


Author

थप समाचार
x