सुन तस्करी प्रकरणलाई सामान्य त्रुटी मान्न सकिन्न : मन्त्री गुरुङ
काठमाडौँ- कानुन, न्याय तथा संसदीयमन्त्री धनराज गुरुङले सुन तस्करी प्रकरणलाई सामान्य त्रुटी मान्न नसकिने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेँलो हात्तीको संज्ञा दिँदै सामान्य त्रुटी मान्न नसकिने बताएका हुन् । उक्त प्रकरणको एक छानबिन प्रतिवेदनमा साधारण हेलचेक्राइँले सुन तस्करी भएको खबर पढेको भन्दै उनले त्यति ठूलो पहेँलो हात्ती अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनु सामान्य हुनै नसक्ने तर्क गरे ।
मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई नछाड्ने स्पष्ट पारे ।
त्यस्तै मन्त्री गुरुङले आफू अहिले बिरामी निको भएर काममा फर्किएको भन्दै आफ्नो उपचारमा लाग्ने खर्च सरकारी कोषबाट नलिने बताए । आफू मन्त्रालयमा आएपछि कर्मचारीहरूले नै उपचार खर्च लिने विषयमा सल्लाह सुझाव दिएको र गरिब नेपालीहरूलाई नि:शुल्क उपचार गर्न नसकिएसम्म कुनै उपचार खर्च नलिने स्पष्ट पारेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया