स्वामी आनन्द अरुणको आग्रहपछि भारतीय धर्म गुरु बागेश्वर बाबालाई भेटेकाे हुँ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहपछि आफूले भारतीय धर्म गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’लाई भेटेको बताएका छन् ।
बागेश्वर बाबासँग गृहमन्त्रीले गोप्य भेट गरेको खबर सार्वजनिक भएपछि आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफूले धीरेन्द्रकृष्ण शास्त्रीको कहिल्यै नाम नसुनेको तर आनन्द अरुणले भनेपछि भेटेको बताएका हुन् ।
आफू व्यक्तिगत रूपमा जीवन र जगतलाई सृष्टि गर्ने कुनै एउटा व्यक्ति ईश्वरको नाममा रहेको र उसको विधिविधान धर्म हो भन्ने नमान्ने भए पनि अध्यात्ममा थुप्रै सकारात्मक पक्षहरू भएकाले योग र ध्यानमा विशेष रुचि रहेको बताए । त्यस्तै उनले नेपाल भारतको अभिन्न अंग हो भन्ने अभिव्यक्तिबारे आफूलाई जानकारी नरहे पनि नेपाल एउटा सार्वभौम राष्ट्र भन्नेमा कुनै सन्देह नरहेको बताए ।
श्रेष्ठले धीरेन्द्रकृष्ण शास्त्रीले सुरुमा उनले झुक्किएर एउटा वाक्य बोलेको र त्यसपछि सच्चाएको भन्ने खबर पाएको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया