हिजो स्थगित समाजवादी मोर्चाको बैठक आज बस्दै
काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको हो ।
सो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ७ः ३० बस्नेछ ।
सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । सो बैठकमा सोही विषय पनि छलफल हुने बताईएको छ ।
साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पहलकदमीकाे गठन भएकाे साे माेर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा सम्मिलित छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया