राजनीति

राष्ट्रपतिको 'अनावश्यक चासो' भन्दै सर्वदलिय बैठक एमालेद्वारा बहिष्कार

इकागज |
भदौ ५, २०८० मंगलबार ९:९ बजे

तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक सुरू भएको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको सर्वदलीय बैठक केही समयअघिदेखि सुरू भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद्‌ अवरुद्ध गरेपछि राष्ट्रपति पौडेलले चासो राखेका थिए । आजको बैठकमा संसद्‌ अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल हुने राष्ट्रपतिका एक सल्लाहकारले जानकारी दिए ।


राष्ट्रपति पौडेलले बोलाएको बैठकमा एमाले भने उपस्थित छैन । एमालेका एक नेताले दिएको जानकारी अनुसार राष्ट्रपति पौडेलले अनावश्यक सक्रियता देखाएपछि एमाले बैठकमा सहभागी नभएको हो ।
 


Author

थप समाचार
x