राजनीति

लुम्बिनीका विपक्षीले प्रदेश प्रमुखको कार्यालयसँग मागे मुख्यमन्त्रीको नियुक्ति र सांसदहरूको हस्ताक्षरसहितका कागजात

इकागज |
जेठ १०, २०७८ सोमबार १७:२७ बजे

बुटवल : लुम्बिनी  प्रदेश सभामा सरकार बाहिरको गठबन्धनका संसादहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्तिदेखि सांसदहरूको हस्ताक्षरसम्मका कागजपत्र  प्रदेश प्रमुखको कार्यालयसँग माग गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्‍वास प्रस्तावमा हस्तक्षर भएका प्रदेश सभा सदस्यहरू हस्ताक्षरसहितको व्योहरा प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा र  सुचनाको हक सम्बन्धी २०६४ दफा ३ बमोजिम माग गरिएको हो । 


नेपाली काँग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पुन , जसपा सचेतक पुर्मती ढेगा र राजमो नेता तारा  जिसीले  प्रदेश प्रमुखको कार्यालयमा लुम्बिनी प्रदेश प्रमुखले डाकेको प्रदेश सभा विशेष अधिवेशनसम्बन्धी पत्र, मुख्यमन्त्री शंकर पोखरलले दिएको राजीनामालगायतका कागजात माग गरेका हुन् । अधिवेशन अन्त र  पोखरेलले एमाले संसदीय दलको नेता रूपमा बैशाख १९ गते प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहितको निवेदनसँगै पुनः नियुक्तिको कागजपत्र माग गरिएको हो । 
 
यस्तै कुल प्रसाद केसीलाई मुख्यमन्त्री नियुक्ति प्रस्तावसहित हस्ताक्षर निवेदनसहित अन्य कागजपत्र माग गरिएको कांग्रेस सचेतक क्षेत्रीले जानकारी दिइन् । 


Author

थप समाचार
x