राजनीति

स्वार्थ समूह हाबी हुँदा सञ्चार मन्त्रायलमा कानुन बनाउन समस्या भयोः मन्त्री शर्मा

इकागज |
भदौ ७, २०८० बिहीबार १५:५८ बजे

फाइल फोटो

काठमाडौँ - सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानुन बनाउन समस्या भएको बताएकी छिन् । 

बिहीबार मिडिया एड्भोकेसी ग्रुपले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरू भएकाले कानुन निर्माणमा समस्या भएको बताए । उनले साइबर ऐन तथा सूचना सम्बन्धी विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताए । उनले मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल सुरु हुने बित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानुनको अपव्याख्या शुरु गरेको बताए । उनले कानूनको अपव्याख्या र खरो रुपमा प्रहार गर्ने गरिएको भन्दै मन्त्रालयमा बसेर कानुन बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको दाबी गरे । उनले सरकारले ल्याउन लागेको सूचना सम्बन्धित विधेयकमा सामाजिक सञ्जाल सम्बन्धी ऐन पनि समेटिएकाले उक्त कानुनको विषयमा छलफल गर्दा सबैको फोन ट्यापिङ भइसक्यो भन्ने रुपमा बाहिर हल्ला गरिएको बताए । उनले उक्त कानुन बनाउन स्वार्थ समूहको कारण अगाडि बढाउन नसकेकाले थन्काएर राखिएको बताए । 


उनले भने, ‘पहिला पनि सामान्य काम भएको  हो । त्यहाँ यति धेरै स्वार्थ समूहरु हुने थिएन । त्यहाँ कानुन बनाउँदा कर्मचारीको स्वार्थ हुने थियो । तर सञ्चार मन्त्रालयमा यति धेरै प्रकारका स्वार्थ समूहहरु हुँदा रहेछन् । एउटा कानून बनाउन थाल्यो भने स्वच्छ मनले काम गर्न खोज्यो कहीँ कही त्यो कानुनले कसैलाई छाई हाल्दो रहेछ । कसलाई छोयो भन्ने थाहा हुँदैन । त्यसको एउटा अंश झिकेर बनाउन लागेको कानुनलाई अपव्याख्या गरेर अर्कै ढङ्गले प्रहार हुन्छ । त्यो प्रहारले सञ्चार मन्त्रालयले कानुन बनाउन सकिँदैन भन्ने जस्तो फिल हुन्छ । सूचना सम्बन्धि विधेयकमा सामाजिक सञ्जालसम्बन्धि ऐन समेटिएको रहेछ । त्यो कानुनको विषयमा मन्त्रालयले छलफल मात्रै के गरेको थियो । सबैको फोन ट्यापिङ भइसक्यो भन्ने ढङ्गले बाहिर छलफल भयो । त्यसलाई कानुन बनाउन नकेर थन्काएका छौं । फेरि एक पटक स्टेकहोल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउनु पर्छ । कानून बनाउन यस्ता धेरै समस्याहरू छन् । स्टेक होल्डरहरुसँग के आवश्यक हो कहाँ के लेख्ने भनेर छलफल गर्ने प्रयासमा रहेका छौं । एउटा एउटा विषयमा छलफल गरे ऐन पास गरेर जाने विषयमा छलफल गरेका छौं ।’

मन्त्री शर्माले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा एक पटक स्टेक होल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउने बताए । उनले मन्त्रालयले कानुन बनाउन विभिन्न समस्या झेलिरहेको बताए । उनले मन्त्रालयले छुट्टाछुटै विषयमा विधेयक ल्याएर कानुन बनाउने तयारी गर्न आवश्यक देखिएको बताए । 


Author

थप समाचार
x