हर्क साम्पाङलाई उच्च अदालतले भन्याे- व्यक्तिका जग्गामा प्रवेश नगर्नू
काठमाडौँ – धरानका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिका जग्गामा प्रवेश नगर्न अन्तरिम आदेश दिएको छ ।
जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि उनलाई त्यस्तो नगर्न आदेश दिएको थियो । मेयरले पुनः सोही ठाउँमा गएर स्थानीयको घर भत्काइदिन्छु भन्न थालेपछि पुनः यो विषय अदालत पुगेको थियाे ।
बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया