राजनीति

रास्वापाबाट उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा जनमतका खान निर्विरोध

इकागज |
भदौ ११, २०८० सोमबार १६:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।

समितिको आजको बैठकमा रास्वपाका उमेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताए । समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध निर्वाचित भएको घोषणा गरे ।


रास्वपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेकामा उम्मेदवार खानले आफूले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेको हुनाले जनताको पक्षमा काम गर्ने हुटहुटी छ ।  मलाई मत दिएर सभापतिमा चयन गर्न आग्रह गर्दछु भनेको जानकारी गराए ।


Author

थप समाचार
x