राजनीति

उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रूपमा लाग्छु : सभापति खान

इकागज |
भदौ ११, २०८० सोमबार १८:३ बजे

काठमाडौँ- उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापति अब्दुल खानले उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रूपमा लाग्ने बताएका छन् ।

सोमबार समिति सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित भएपश्चात सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले सबैभन्दा पहिला उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता क्षेत्रका समस्याको अपडेट लिने उल्लेख गरे । उनले समस्याहरूको अपडेट लिए पश्चात मन्त्री र वा कर्मचारीहरूबाट वा विषयगत समस्याको जरो उखेल्नेतर्फ लाग्ने जिकिर गरे ।


सरकारलाई जवाफदेही, उत्तरदायी र जनताप्रति इमानदारी बनाउने काममा खरो रूपमा काम गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

सभापति खानले समिति सभापति भएर गल्ती भए सबैले खबरदारी गर्न पनि आग्रह गरे । उनले देश र जनताका लागि समितिबाट गर्ने सक्ने काम गर्ने उद्देश्य लिएर लाग्ने बताए ।


Author

थप समाचार
x