राजनीति

प्रधानमन्त्रीलाई सांसदको प्रश्न–जातीय घटना रोकथाम गर्ने के योजना छ ?

इकागज |
भदौ १२, २०८० मंगलबार ११:३९ बजे

काठमाडौं– प्रतिनिधि सभा बैठक चलिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न गरिरहेका छन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा एक सांसदले प्रधानमन्त्रीलाई सोधेकी छन्, ‘जातीय घटना रोकथाम गर्ने के योजना छ ?

प्रधानमन्त्रीले त्यसको जवाफ दिँदै भने ‘नेपालको संविधानले छुवाछुत तथा भेदभावको हकमा सुनिश्चित गरेको छ । यो मौलिक अधिकार हो । पीडित व्यक्तिलाई क्षतिपूर्तीको व्यवस्था गरेको छ । मौलिक हकको कार्यान्वयनका लागि सबै तहबाट पहल गरिनुपर्दछ । यसको समाधानका लागि कानुनलाई प्रभावकारी कार्यान्वयन गर्न हामी सदैव रहनेछौं । 


उजुरी नलिएकोमाथि सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ताे भएको अवस्थामा पीडितलाई सहयोग गरी पीडकलाई कारबाही गरिनेछ ।’
 


Author

थप समाचार
x