राजनीति

पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका कार्यहरू सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

इकागज |
भदौ १२, २०८० मंगलबार ११:५४ बजे

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका कार्यहरू सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद ऐनबहादुर शाही ठकुरीको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले त्यस्तो बताएका हुन् । 


आसन्न चीन भ्रमणका क्रममा चीन र नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने कुरा समेत उनले जानकारी  गराएका छन् ।

त्यस सन्दर्भलाई जोड्दै आसन्न चीन भ्रमणमा मुगुको नाग्चे लाग्नाका विषयमा कुरा उठाउने समेत जानकारी गराए । 

प्रधानमन्त्रीले रारा लगायतका पर्यटकीय स्थलको विकासका कार्य संघीय स्राेतबाट सञ्चालन हुने बताए ।

कार्यक्रमका अतिरिक्त प्रदेश र स्थानीय तहबाट समेत आ–आफ्ना कार्यक्षेत्रमा रहेर पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यहरू सञ्चालनमा रहेको जानकारी समेत गराएका छन् । 

नाग्मा गंगडी र नाग्चे लाग्नाका सडकलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न खण्डमा काम भइरहेको जानकारी समेत सदनलाई गराएका छन् । 
 


Author

थप समाचार
x