राजनीति

खेलकुद मन्त्री लिम्बु आज डिस्चार्ज हुँदै, आइतबारदेखि मन्त्रालय उपस्थित हुने

इकागज |
भदौ १५, २०८० शुक्रबार १५:५८ बजे

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु वीर अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । मन्त्री लिम्बुका स्वकीय सचिव रोशन राईले मन्त्री लिम्बुलाई आज अस्पतालले साँझ ५ बजे डिस्चार्ज दिने जानकारी दिए ।

मन्त्री लिम्बु डेंगीको उपचारका लागि गत शनिवारदेखि अस्पताल भएका थिए । पूर्ण रुपमा स्वास्थ्य भएकाले उनलाई आज अस्पतालले डिस्चार्ज दिन लागेको राईले बताएका छन् ।  


नियमित कामका लागि मन्त्री लिम्बु आइतबारदेखि मन्त्रालय उपस्थित हुने स्वकीय सचिव राईले जानकारी दिए ।


Author

थप समाचार
x