राजनीति

सभामुखले संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ : वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई

इकागज |
जेठ १३, २०७८ बिहीबार १५:० बजे

काठमाडौँ : वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले तत्कालै प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सभामुखले सिफारिस गर्न सक्ने बताएका छन् ।  

 सभामुखसँगको छलफलमा आफ्नो धारणा राख्नेक्रममा संविधानविद् समेत रहेका भट्टराईले भने, ‘सभामुखले राष्ट्रपतिलाई प्रतिनिधि सभाको बैठक आह्वानका लागि सिफारिस गर्नुपर्छ । मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्‍ने छैन । सभामुखले यो काम गर्न सक्नुहुन्छ ।’ 


उनले संविधानको हरेक धाराहरु क्रियात्मक रुपमा अभ्यास हुनु जरुरी रहेको बताए । कसैको लहड र सनकको भरमा यो प्रतिनिधि सभा विघटन गर्न नसक्ने उनले बताए ।   प्रतिनिधि सभा राष्ट्रपति, प्रधानमनत्री, सभामुख कसैले मार्न नसक्ने बताए । 


Author

थप समाचार
x