राजनीति

बुटवलमा सरकारको विरोध गर्दै बयलगाडा प्रदर्शन

इकागज |
जेठ १७, २०७८ सोमबार १४:३१ बजे

बुटवल  : नेपाल विद्यार्थी संघले बुटवलमा सरकारको विरोध गर्दै बयलगाडा प्रदर्शन गरेका छन् । उनीहरुले आज बुटवलको रामनगरमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरलाई बयलगाडामा चढाइ विरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गणतन्त्र आउनु वयलगाडा चढेर अमेरिका गए जस्तै हो भनी दिएको टिप्पणीलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको नेविसंघका नेता सुदीप शर्माले बताए ।

उनले संविधान विपरीत काम गर्ने प्रधानमन्त्री र उनलाई साथ दिने राष्ट्रपतिले कोरोना महामारीका बीचमा समेत संविधान विपरीत कदम चालेको बताए । नागरिकको स्वास्थ्य भन्दा राजनीतिक खिचातानीलाई प्राथमिकता दिई जनताको हित विपरीत काम गरेको भन्दै नागरिकको मन जित्न नसक्ने सरकार नचाहिने उनीहरुको भनाइ छ । केहीबेर चोकमा बयलगाडा प्रर्दशन गरी बजार घुमाइएको थियो । उनीहरुले प्रदर्शनसँगै प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामासमेत माग गरेका थिए ।


प्रदर्शनमा शर्मासँगै मनिष श्रेष्ठ, सुजु घले, नारायण पोखरेल, अमृत भण्डारी, सुमन गुरुङ, लक्ष्मण न्यौपाने, सुन्दर अर्याल, सृजना गरी, सागर घिमिरे, दीपक घिमिरे, सुरज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x